 
                     
                                
                             
                                    काठमाण्डौ । सिक्लेस हाइड्रोपावर लिमिटेडको आईपीओ भोलि मंगलबार बाँडफाँड हुने भएको छ।
धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केटको काठमाण्डौको नक्साल नारायणचौरस्थित कार्यालयमा आईपीओ बाँडफाँड गरिनेछ। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ बजे राखिएको छ।
सिक्लेस हाइड्रोपावरले गत भदौ २९ गतेदेखि असोज २ गतेसम्म१०० रुपैयाँ अंकित दरका कुल ११ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो। कम्पनीले कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशतले हुन आउने ३४ हजार ५०० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको थियो। बाँकी १० लाख ५८ हजार कित्ताका लागि सर्वसाधारणले खरिद आवेदन दिएका छन्।
यो आईपीओमा निष्कासनको अन्तिम दिनसम्म १५ लाख ३८ हजार ३८३ आवेदकबाट कुल १ करोड ७२ लाख ४४ हजार ३८० कित्ता सेयर खरिद आवेदन परेको छ। जुन मागभन्दा १६.२९ गुणाले बढी हो।
मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। गोलाप्रथाबाट यो आईपीओमा १ लाख ५ हजार ८०० आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19