 
                     
                                
                             
                                    काठमाण्डौ । सिक्लेस हाइड्रोपावर लिमिटेडको आईपीओ आज मंगलबार बाँडफाँड गरिएको छ।
धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केटको काठमाण्डौको नक्साल नारायणचौरस्थित कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ बजे राखिएको थियो।
सिक्लेस हाइड्रोपावरले गत भदौ २९ गतेदेखि असोज २ गतेसम्म १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो। कम्पनीले कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशतले हुन आउने ३४ हजार ५०० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको थियो। बाँकी १० लाख ५८ हजार कित्ताका लागि सर्वसाधारणले खरिद आवेदन दिएका छन्।
क्यापिटलका अनुसार यो आईपीओमा कुल १५ लाख १३ हजार ७८८ आवेदकबाट कुल १ करोड ६३ लाख ८७ हजार ६५० कित्ता सेयर माग भएको थियो। जसमा १५ लाख १२ हजार ५३७ आवेदकबाट माग भएको १ करोड ६३ लाख ६८ हजार ३०० कित्ता सदर भएको छ। बाँकी १ हजार २५१ आवेदकबाट माग भएको १९ हजार ३५० कित्ता बदर भएको छ।
मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। गोलाप्रथाबाट भाग्यमानी १ लाख ५ हजार ८०० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्।
यो आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटल, आईपीओ निष्कासनकर्ता कम्पनी सिक्लेस हाइड्रोपावर र सीडीएससीको iporesult.cdsc.com.np बाट नतिजा हेर्न सक्नेछन्।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19