काठमाण्डौ । सिक्लेस हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज भदौ ५ गते अन्तिम दिन रहेको छ। 

कम्पनीले गत साउन ६ गतेबाट जारीपुँजी ८५ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ स्थानीयका लागि बिक्री खुला गरेको थियो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ८ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको हो। 

यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिने व्यवस्था मिलाइएको धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट लिमिटेडले जनाएको छ। यसमा कास्की जिल्लाको प्रभावित क्षेत्र मादी गाउँपालिकाका वडा नं. १, २ र ३ का स्थानीय बासिन्दाले आवेदन दिन पाउनेछन्। यो आईपीओमा स्थानीय न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्म खरिद आवेदन दिन पाउनेछन्। 

यो आईपीओमा माछापुच्छ्रे बैंक मादी शाखा, बैंक अफ काठमाण्डौ पोखरा शाखा, मुक्तिनाथ विकास बैंकको पोखरा शाखा र एनआईसी एसिया बैंक पोखरा शाखाबाट आवेदन दिन सकिनेछ। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखाहरुबाट पनि आवेदन दिन सकिनेछ।