काठमाण्डौ । सिटिजन्स इन्टरनेसनल बैंक लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल ११ प्रतिशत लाभांश सुरक्षित गर्ने आज बुधबार (मंसिर १० गते) अन्तिम दिन रहेको छ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजी ९ अर्ब ८ करोड ९८ लाख १७ हजार २९० रुपैयाँको ८ प्रतिशतले हुन आउने ७२ करोड ७१ लाख ८५ हजार ३८३.१८ रुपैयाँबराबरको बोनस सेयर र ३ प्रतिशतले हुन आउने २७ करोड २६ लाख ९४ हजार ५१८.६९ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको यही मंसिर २० गते वार्षिक साधारणसभाले लाभांश पारित गर्नेछ। 

लाभांश र सभा प्रयोजनार्थ बैंकले भोलि (मंसिर ११ गते) बाट बुक क्लोज गर्दैछ । यसको अर्थ आजसम्म कायम सेयरधनी लाभांश प्राप्ति र सभामा भाग लिन योग्य हुनेछन्।