काठमाण्डौ । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुई योजनाको प्रतिफल घोषणा गरिएको छ।

योजना व्यवस्थापक सीबीआईएल क्यापिटल लिमिटेडको हिजो भदौ १ गते बसेको सञ्चालक समितिको बैठकले सिटिजन्स म्युचुअल फन्ड–१ र सिटिजन्स म्युचुअल फन्ड–२ को गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रतिफल घोषणा गरेको हो। बैठकले यी दुवै योजनाका इकाइधनीहरुलाई ४०/४० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।

घोषित प्रतिफलअनुसार सिटिजन्स म्युचुअल फन्ड–१ का इकाइधनीहरुलाई ४० प्रतिशतका दरले कुल ३२ करोड ८० लाख रुपैयाँ र सिटिजन्स म्युचुअल फन्ड–१ का इकाइधनीहरुलाई ४० प्रतिशतका दरले कुल २२ करोड ४० लाख रपैयाँ वितरण गरिनेछ। 

यी दुवै योजनाका प्रतिफल वितरण प्रयोजनार्थ बुक क्लोजको मिति पछि तय गरिने बैठकले निर्णय गरेको छ।