काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनलले सवा १ लाख बढी कित्ता सेयर बिक्रीमा राखेको छ।
सिटिजन्स बैंकले संस्थापक सेयरधनी सुमनराज प्याकुरेलको नाममा रहेको १ लाख ३४ हजार ९७४ कित्ता सेयर बिक्रीमा राखेको हो।
यसअघि गत पुस २७ गते प्याकुरेलको नाममा रहेको ३ लाख ३८ हजार ९६०.३६ कित्ता सेयर बिक्रीमा राखेको थियो। त्यतिबेला संस्थापक सेयरधनीहरुका लागि मात्र बिक्री खुला गरिएको थियो।
त्यतिबेला तोकिएको बिक्री हुन नसकेको १ लाख ३४ हजार ९७४ कित्ता सेयर अहिले सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो। अब यो सेयर खरिदका लागि सर्वसाधारणले ३५ दिनभित्र काठमाण्डौको नारायणहिटी पथस्थित बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सक्नेछन्।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago