काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ।
सिटिजन लाइफले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आज निवेदन दिँदै आईपीओ निष्कासनका लागि अनुमति मागेको छ। यो कम्पनीले सेबोनसँग ३ अर्ब १५ करोड ५६ लाख २५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति मागेको छ।
सेबोनले अनुमति दिएमा यो कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कर्मचारीलाई र २९० रुपैयाँका दरले सर्वसाधारणलाई आईपीओ बिक्री गर्नेछ। सर्वसाधारणका लागि भने यो आईपीओमा १९० रुपैयाँ प्रिमियर थप गरिएको छ।
यो कम्पनीले कुल १ करोड १२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्नेछ।
सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19