काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा पहिलो दिनमै २ लाख ३४ हजार ७७९ जनाले आवेदन दिएका छन्। 

सीडीएससीका अनुसार आज साँझ ५ बजेसम्म २७ लाख २६ हजार ३५० कित्ताका लागि आवेदन परेको हो। कम्पनीको आईपीओमा हालसम्म ६६ करोड ५२ लाख २९ हजार रुपैयाँ संकलन भइसकेको छ। 

यो कम्पनीले आज भदौ १५ गतेदेखि सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २४४ रुपैयाँमा ९० लाख कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।

कम्पनीको आईपीओ निष्कासन बन्द छिटोमा भदौ १९ र ढिलोमा भदौ २९ गते बैंकिङ समयसम्म हुनेछ। इच्छुक आवेदकले सी–आस्वा सदस्य प्राप्त बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।