काठमाण्डौ । सिद्घार्थ बैंक लिमिटेडले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै एसएमई कर्जा (साना तथा मझौला कर्जा) मा आकर्षक योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले ९.५५ वार्षिक ब्याजदरमा नै एसएमई कर्जा प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ । 

कोभिड–१९ महामारीले अर्थव्यवसायमा परिरहेको असहज परिस्थितिका बावजुद पनि कर्जा सुविधालाई सहजीकरण गर्न उद्देश्यले “जस्तो सुकै परिस्थिति होस्, नरोकियोस् केहि गर्ने जोस” नारासहित यो योजना ल्याएको छ । सीमित अवधिको लागि ल्याइएको यस योजनाबाट सम्बन्धित सबै पक्षले लाभ लिन सक्ने बैंकले अपेक्षा लिएको जनाएको छ ।

यस योजनाले देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेका साना तथा मझौला व्यवसायहरुलाई टेवा पु¥याउने विश्वास बैंकले जनाएको छ ।