काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सिद्धार्थ बैंक लिमिटेडले २ अर्ब ६ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।
आज सार्वजनिक वित्तीय विवरणअनुसार बैंकको यो नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा ५४.१२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
बैंकको वितरणयोग्य मुनाफा भने ८३ करोड १४ लाख रुपैयाँ रहेको छ।
बैंकको सञ्चालन मुनाफा २ अर्ब ९८ करोड रुपैयाँ रहेको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा ५०.७५ प्रतिशतले बढी हो। गत वर्ष यस्तो मुनाफा १ अर्ब ९७ करोड रुपैयाँ रहेको थियो।
समीक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी भने ६.०२ प्रतिशतले घटेर ३ अर्ब ९३ करोड रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी ४ अर्ब १८ करोड रुपैयाँ रहेको थियो।
यो ९ महिनामा बैंकले १ खर्ब ७२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ खर्ब ३९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २३ अर्ब करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।
बैंकको रिजर्भको आकार ६१.७१ प्रतिशतले बढेर ८ अर्ब १६ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिसम्म रिजर्भमा ५ अर्ब १६ करोड रुपैयाँ रहेको थियो।
समीक्षा अवधिसम्म बैंकले निष्क्रिय कर्जा दर ६०.७१ प्रतिशतले घटाएर ०.८८ प्रतिशत सीमित गरेको छ। गत वर्ष यही अवधिसम्म निष्क्रिय कर्जा दर २.२४ प्रतिशत रहेको थियो। बैंकको आधार दर पनि समीक्षा अवधिमा ६.९९ प्रतिशतमा सीमित बनेको छ।
बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेर २५.२८ रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिसम्म बैंकको ईपीएस १६.४६ रुपैयाँमा सीमित थियो। पीई रेसियो १७.६० गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ भने १८१.८९ रुपैयाँ रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago