काठमाण्डौ । सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने सिद्धार्थ व्यवस्थित लगानी योजनाका इकाइहरु यही असार १६ गतेबाट बिक्री खुला गरिने भएको छ।

यो फन्डअन्तर्गतको १० रुपैयाँ अंकित दरका कुल २ करोड इकाइको बिक्री खुला गरिन लागेको हो। कुल इकाइमध्ये ५ प्रतिशत इकाइमा आयोजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेडलाई र १० प्रतिशत इकाइमा कोष प्रवर्द्धक सिद्धार्थ बैंक लिमिटेडले बिजपुँजीका रुपमा लगानी गर्नेछ। बाँकी ८५ प्रतिशत इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ।

यो योजनामा लगानीकर्ताहरुले न्यूनतम १०० इकाइ र अधिकतममा २० लाख इकाइसम्मका लागि खरिद आवेदन दिन सक्नेछन्। 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट तथा मेरो सेयरबाट अनलाइन खरिद आवेदन दिन सक्नेछन्। यो योजनाको निष्कासन बन्द छिटोमा असार २० गते र ढिलोमा असार ३० गते बैंकिङ समयपछि हुनेछ।

यो योजनालाई नेपाल धितोपत्र बोर्डले गत जेठ २७ गते निष्कासनको अनुमति दिएको थियो। यो खुलामुखी योजना हो।