काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।
बैंकले समीक्षा अवधिमा ४९ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ४६.४८ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा बैंकले ९४ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २२ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा २९ करोड ७८ लाख रुपैयाँमा सीमित थियो।
यो त्रैमासमा बैंकले सञ्चालन मुनाफाबापत ७२ करोड ८ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा १ अर्ब ३५ करोड रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा सञ्चालन मुनाफा ४६.८६ प्रतिशतले घटेको छ।
समीक्षा अवधिमा बैंकले २ अर्ब १२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब ७५ करोड रुपैयाँमा सीमित थियो। यो हिसाबले खुद ब्याज आम्दानी २१.६२ प्रतिशतले बढेको छ।
पहिलो त्रैमासमा बैंकले १ खर्ब ९२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले १ खर्ब ८३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो।
चुक्तापुँजी १२ अर्ब ५२ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार ५.११ प्रतिशतले बढेर ८ अर्ब ४३ करोड रुपैयाँको भएको छ। अघिल्लो वर्ष ८ अर्ब २ करोड रुपैयाँ रहेको थियो।
बैंकको खराब कर्जाको अनुपात (एनपीएल) बढेर २.१५ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल ०.५४ प्रतिशतमा सीमित थियो। सीडी रेसियो ८८.१० प्रतिशत रहेको बैंकको आधारदर १०.४३ प्रतिशत छ।
बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १५.६१ रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष ईपीएस २९.४१ रुपैयाँ रहेको थियो। पीई रेसयो १९.५७ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १७७.१५ रुपैयाँ रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago