काठमाण्डौ । सिद्धार्थ बैंकको डेढ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।
सिद्धार्थ बैंकको १ लाख ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। संस्थापक सेयरधनी शकुन्तलाकुमारी थापा कार्कीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखिएको छ।
उक्त सेयर गत पुस २७ गतेदेखि विद्यमान संस्थापक सेयरका लागि बिक्रीमा राखिएको थियो। तर, उक्त मितिबाट ३५ दिनभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेका कारण अन्य व्यक्ति तथा संस्थालाई बिक्रीका लागि राखिएको बैंकले जनाएको छ।
इच्छुक लगानीकर्ताले यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र काठमाण्डौको हात्तीसारस्थित बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ।
लगानीकर्ताले लिन खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिन आग्रह गरिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19