काठमाण्डौ । मर्जर प्रक्रिया पूरा गरी भोलि फागुन १७ गतेबाट एकीकृत कारोबार सुरु गर्न लागेका सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मर्जरसम्बन्धी निर्देशिकाबमोजिम सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको सेयर कारोबार भोलि फागुन १७ गतेबाट रोक्का गर्ने निर्णय गरेको हो। मर्जरपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाममा एकीकृत निर्जीवन बीमा कारोबार सुरु हुँदैछ।
यी दुवै कम्पनीको गत पुस २९ गतेसम्म वार्षिक साधारणसभाले मर्जर प्रक्रिया स्वीकृत गरेको थियो।
नेपाल बीमा प्राधिकरणले गत माघ १६ गते र नेपाल धितोपत्र बोर्डले गत माघ २४ गते यी दुवै कम्पनीको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरेको थियो। कम्पनी रजिस्ट्रारको कार्यालय गत फागुन ८ गते गाभिने कम्पनीको सम्पूर्ण ऋण, धन र दायित्व नयाँ बन्ने कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले व्यहोर्ने र बुझाउन बाँकी रहेको विवरणसमेत बुझाउने सकार्ने गरी स्वीकृतिपत्र प्रदान गरेको थियो।
यी दुवै कम्पनी १ः१ सेयर स्वाप अनुपातमा मर्जर भएका हुन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago