काठमाण्डौ । सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित २ वटा योजनाको लाभांश घोषणा गरिएको छ। 

योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको साउन ३२ गते बसेको बैठकले सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इक्विटी फन्डका इकाइधनीहरुका लागि आर्थिक वर्ष २०७९–८०को लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

क्यापिटलले सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२का इकाइधनीहरुलाई करसहित ६.५ प्रतिशतले हुन आउने ७ करोड ८० लाख रुपैयाँ वितरण गर्ने निर्णय गरेको छ। 

यसैगरी सिद्धार्थ इक्विटी फन्डका इकाइधनीहरुलाई करसहित ५ प्रतिशतले हुन आउने ७ करोड ५० लाख रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने निर्णय पनि क्यापिटलले जनाएको छ। 

यी दुवै योजनाको लाभांश वितरणार्थ निकट भविष्यमै बुक क्लोजको मिति तय गरिने क्यापिटलले जनाएको छ। 

उता सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–३का इकाइधनीहरुको हात भने खाली हुने भएको छ। यो योजनाका इकाइधनीहरुलाई आर्थिक वर्ष २०७९–८०का लागि प्रतिफल वितरण नगर्ने निर्णय पनि क्यापिटलले जनाएको छ। 

यी तीनै योजनाको कोष प्रवर्द्धकमा सिद्धार्थ बैंक रहेको छ।