काठमाण्डौ । सिद्घार्थ बैंकले आज सोमबार चितवनको मंगलपुर र पदमपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

बैंकले सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको  बताएको छ । 

उक्त शाखा विस्तारपश्चात् सिद्घार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १७५(४ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ । बैंकले १०१ शाखारहित बैंकिङ्ग सेवा, १९२एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिनका साथै बैंकले निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, भिजा एटीएम कार्ड सेवामार्फत् उच्चस्तरीय बंैैकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।