काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ४ करोड ६७ लाख रुपैयाँ खु्द नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ६ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा कम्पनीको नाफा २७.२९ प्रतिशतले घटेको छ।

यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी घटेर १२ करोड २४ लाख रुपैयाँमा झरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १३ करोड १४ लाख रुपैयाँ आम्दानी गरेको थियो। कम्पनीको अन्य स्रोतबाट १९ लाख ५१ हजार रुपैयाँ आम्दानी भएको छ। 

चुक्तापुँजी ८० करोड ६५ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार १३.६७ प्रतिशतले घटेर ५ करोड करोड ६२ लाख रुपैयाँमा खुम्चिएको छ। गत वर्ष यही अवधिमा रिजर्भमा ६ करोड ५१ लाख रुपैयाँ रहेको थियो। 

कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ११.५९ रुपैयाँ, पीई रेसियो ४२.१० गुणा र प्रतिसेयर नेटवर्थ १०६.९७ रुपैयाँ रहेको छ।