QFX Cinema
काठमाण्डौ । देशको पुरानो महानगरपालिका काठमाण्डौमा संचालित चलचित्र भवनहरुले बुुझाउने कर शुल्क बढेको छ ।
महानगरको असार ३१ गते सम्पन्न नगरसभाबाट स्वीकृति आर्थिक ऐन-२०७४ मा भएको व्यवस्था अनुसार अब सिट क्षमताको आधारमा सिनेमा हलहरुले वार्षिक मनोरञ्जन कर बुुझाउनुपर्नेछ ।
अधिकतम ३० सिट क्षमता भएका हलहरुले वार्षिक ४० हजार, पचास सीट क्षमता भएकाले ६० हजार, एकसय सिट क्षमता भएकाले ८० हजार, एकसयदेखि माथि सिट क्षमता भएकोले १ लाख मनोरञ्जन कर बुुझाउनुपर्नेछ ।
यस्तै, तीन महिनासम्म जादु सर्कस मेला सञ्चालन गराए वापत दैनिक रु. एक सय तथा तीन महिना भन्दा बढी जादु सर्कस मेला वा मनोरञ्जन प्रदायक कार्यक्रम सञ्चालन गराए बापत मासिक रु पाँच हजार रुपैयाँ मनोरञ्जन कर बुुझाउनुपर्नेछ ।
हनुमानढोकामा चलचित्र छायाँकन गर्दा खर्च बढ्ने भो
यस्तै, हनुमान ढोका क्षेत्रमा चलचित्र छायांकन गर्ने स्वदेशी तथा विदेशीहरुको लगानी समेत बढ्ने भएको छ । काठमाण्डौ महानगरपालिको सो क्षेत्रमा चलचित्र छायांकनका लागि दैनिक महंगो कर निर्धारण गरेको हो । सार्क राष्ट बाहेकका विदेशीहरुले सो क्षेत्रमा मुुभी छायांकन गर्नुपरे दैनिक ५५ हजार, सार्क राष्टबाट आउनेले मुुभी छायांकन गर्नुपरे दैनिक ३५ हजार रुपैयाँ, नेपाली म्युजिक भिडियोलाई दैनिक ५ हजार रुपैयाँ, नेपाली चलचित्रलाई २० हजार रुपैयाँ शुल्क तोकिएको छ ।
यस्तै, हनुमानढोका क्षेत्रमा प्रवेशका लागि सार्क राष्टबाहेकका विदेशीले जनही १ हजार रुपैयाँ, सार्क मुलुुकका पर्यटकले ५ सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19