काठमाण्डौ । सिन्धु विकास बैंकले केही संस्थापक सेयरधनीहरुको नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ।
केही संस्थापक सेयरधनीहरुले संस्थापक सेयर बिक्री गर्न निवेदन दिएपछि बैंकले बिक्रीमा राखेको हो। बैंकले बिक्रीमा राखेको सेयर संख्या भने खुलाएको छ।
हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै बिक्रीमा राखिएको सेयरमा खरिद आवेदन दिन सक्ने बैंकले जनाएको छ। सेयर खरिद गर्न इच्छुकले ३५ दिनभित्र निवेदन दिनुपर्नेछ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले काभ्रेको बनेपास्थित बैंकको कर्पोरेट कार्यालयमा आएर आवेदन दिनुपर्नेछ।
तोकिएको अवधिमा संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा प्रचलित कानुनबमोजिम अन्य व्यक्ति तथा संस्थाका लागि सेयर बिक्री गरिने बैंकले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19