काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सिप्ला सेक्युरिटिज (स्टक ब्रोकर नं. २०)लाई कारबाही गर्दै निलम्बन गरेको छ।

नेप्सेले आज एक सूचना जारी गर्दै सिप्ला सेक्युरिटिजलाई निलम्बन गरिएको जानकारी गराएको हो। 

सीडीएससीले नेप्सेमा बिहीबार पत्र पठाउँदै तोकिएको समयावधिभित्र राफसाफ तथा फर्छ्यौट कार्य नगरेको भन्दै सिप्ला सेक्युरिटिजलाई निलम्बन गर्न सिफारिस गरेको थियो। 

सीडीएससीकै सिफारिसमा नेप्सेले सिप्ला सेक्युरिटिजलाई ३ कार्यदिनका लागि निलम्बन गरेको छ। ‘यो कारबाही तिहारको बिदापछि खुल्ने कारोबार दिनमा लागू हुनेछ’, नेप्सेका एक अधिकारीले जानकारी दिए।