काठमाण्डौ । सिभिल बैंकका सीईओ सुनिलकुमार पोखरेलसहित ८ जना उच्च तहका कर्मचारी स्वेच्छिक अवकाश सुविधा (भीआरएस) लिएर बाहिरिएका छन्।
हिमालयन बैंकले सिभिललाई प्राप्ति गरी भोलि शुक्रबारबाट एकीकृत कारोबार सुरुआत गर्दैछ। यही बेला सिभिलले भीआरएस सुविधा लिएका सीईओ पोखरेलसहित ८ जना उच्च तहका कर्मचारीको आज बिदाइ गरेको हो।
बैंकले एक औपचारिक कार्यक्रमबीच सीईओ पोखरेलसँगै लेखा प्रमुख गोवर्द्धन अधिकारी, प्रमुख कर्जा अधिकृत सुमन आचार्य, सूचना प्रविधि प्रमुख सागर पौड्याल, प्रमुख कार्यकारी अधिकृतको कार्यालयमा कार्यरत अभिजित श्रेष्ठ, डिपोजिट एन्ड ट्रानज्याक्सन बैंकिङ म्यानेजर किरण प्रकाश पाण्डे, आईटी म्यानेजर रोशन ढकाल र एसएमई तथा माइक्रो बैंकिङका कन्ट्री हेड किरण खड्का बाहिरिएका हुन्। उनीहरुलाई २ वर्षको तलब र सेवासुविधा दिइने बैंकले जनाएको छ।
नेपाल राष्ट्र बैंकले यी दुवै बैंकलाई गत माघ १७ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएको थियो। हिमालयन र सिभिलबीच (१००ः८०) को स्वाप रेसियो अर्थात सिभिलको १०० कित्ता सेयरबराबर हिमालयनको ८० कित्ता सेयर अनुपात हुनेछ। हिमालयन र सिभिलबीच गत असार २९ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।
मर्जरपछि हिमालयन बैंकको सञ्चालक समिति नै कायम रहने भएकाले सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डे, सञ्चालक अम्बिर बोगटी, प्रकाश पायल र शम्भुप्रसाद पन्त बाहिरिएका पनि बाहिरिएका छन्।
मर्जरपछि हिमालयन बैंकको सीईओमा हिमालयन बैंककै अशोक राणा रहनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19