काठमाण्डौ । सिभिल बैंकले आफ्नो नवौंैं वार्षिकोत्सवको अवसरमा घोषणा गरे बमोजिमको विविध सामाजिक उत्तरदायित्वका महिनाव्यापी कार्यक्रमहरुको सम्पन्न गरेको छ । 

बैंकले आफ्नो ३८ शाखाहरुमार्फत वार्षिकोत्सवको दिनदेखि एक महिनासम्म आयोजना गरेको रक्तदान कार्यक्रममा कुल १३५४ पिन्ट रगत संकलन गरी नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरेको छ ।

बैंकले आफ्नो २८ शाखाहरुमार्फत विभिन्न सरकारी विद्यालयहरुमाकक्षा ६ देखि १० सम्म अध्ययनरत जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका २८ जना छात्राहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । व्यास नगरपालिकालाई ५० थान डस्टविन प्रदान गरेको छ । लेखनाथ स्थित त्रिभुवन शान्ति नमुना माध्यमिक विद्यालयलाई पनि ५ थान डस्टविन प्रदान गरेको छ । चन्द्रनिगाहपुर शाखाद्वारा सुनौलो नेपाल अभियानलाई धर्मशालाको निर्माणको लागि रु २५,००० को आर्थिक सहयोग प्रदान गरेको छ । 

यसैगरी बैंकले असहाय सेवा केन्द्र नेपाललाई दृष्टिविहीनहरुको सहयोगार्थ १०० थान विशेष छडी प्रदान गरेको छ  । बैंकको ईलामस्थित मांई जोगमार्इ शाखामार्फत श्री आधारभूत विद्यालयका ५० विद्यार्थीलाई स्वेटर प्रदान गरेको छ । बैंकको झापास्थित सुरुङ्गाशाखामार्फत पुकार डिसएबिलिटि सोसिएल सर्विसलाई वर्षभरिको लागि खाद्यान्न प्रदान गरेको छ । बैंकको विराटनगर शाखामार्फत नारायण प्राथमिक विद्यालयका ५० विद्यार्थीलाई स्कूल ड्रेस प्रदान गरेको छ । सिभिल बैंकको निजगढ शाखाको उद्घाटन समारोहमा श्री सत्यस्वर शिवशक्ति प्राइमरी स्कुललाइ १ थान प्रिन्टर प्रदान गरेको छ ।