काठमाण्डौ । सिभिल मलले दशैं तथा तिहारको उपलक्ष्यमा आयोजना गरेको प्रवद्र्घनात्मक कार्यक्रम ‘टीभीेएस अपाचे दसैं तिहार महोत्सव २०७३’ समापन गरेको छ । 

गत असोज १ देखि कार्तिक २७ सम्म आयोजित सो कार्यक्रममा नैकापका लबेन्द्र कार्कीले टीभीेएस अपाचे प्राप्त गरे भने लुभुकी अनुस्का पाठक र स्वयम्भूकी छिरिङमा शेर्पाले क्रमशः टीभीएस जुपीटर र टीभीएस जेस्ट प्राप्त गरे । 

कार्यक्रममा विकास भुजेल र सुमीत मगरले क्रमशः आस्रीको हीराको हार र एलजीको एलइडी टीभी जिते । 
सिभिल मलमा रु एकहजार भन्दा बढीको किनमेल गर्ने ग्राहकहरुलाई प्रदान गरिएको कुपनहरुमध्ये खुल्ला गोलाप्रथाबाट विजयीहरुकोे चयन गरिएको थियो । 

कार्यक्रम अवधिमा विभिन्न विजेताहरुले आस्रीका हीराका गहना, एलजीका स्मार्ट फोनहरु, भ्याकुम क्लीनर, माइक्रोवेभ ओभन, वासिंग मेशिन, रेफ्रिजरेटर, एलसीडी टीभी लगायत मलका पसलहरुले प्रयोजन गरेका अनेकौं उपहार प्राप्त गरे । 

सिभिल मलले कार्यक्रमलाई सफल पार्न सहयोग पु¥याउने सबै प्रायोजकहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।