काठमाण्डौ । सिभिल बैंक लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। 

बैंक सञ्चालक समितिको आज बिहान ९ बजे बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हालको चुक्तापुँजी ९ अर्ब ७ करोड ५८ लाख ४३ हजार ८९०.३१ रुपैयाँको कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा ५ प्रतिशतले हुन आउने ४५ करोड ३७ लाख ९२ हजार १९४.५२ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतले हुन आउने २ करोड ३८ लाख ८३ हजार ७९९.७१ रुपैयाँबराबरको नगद लाभांश छन्। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।