सिरहा । सिरहामा थप ५ जनामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको छ।
सिरहाको भगवानपुर गाउँपालिका वडा नं ४ का ४ जना ३६, २६, २९, ३७ वर्षीय पुरुष र नवराजपुर गाउँपालिकाका १ जनामा गरी जम्मा पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाको प्रमुख कृष्ण देव यादवले बताए।
कोरोना संक्रमित पुष्टि भएकाहरुलाई धनगढीमाई नगरपालिकाको महेन्द्र गेनाई अस्पतालको आइसोलेसनमा राखिएको छ।
उनीहरु भारतको विभिन्न ठाउँबाट आएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले जानकारी दिए।
यसअघि प्रदेश नं. २ को सिरहा जिल्लामा एकजनालाई मात्र कोरोना संक्रमण देखिएको थियो । आज थपिएकासहित सिरहामा कोरोना संक्रमितको संख्या ६ पुगेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago