 
                     
                                
                             
                                    काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा आज सोमबारबाट सिवाईसी नेपाल लघुवित्त संस्था लिमिटेडको सेयर कारोबारमा आएको छ।
आजको स्पेसल प्रि–ओपन सेसनमा सिवाईसी नेपाल लघुवित्तको सेयर किनबेच भएसँगै आजबाट नियमित समयका लागि कारोबार खुलेको हो। स्पेसल प्रि–ओपन सेसनमा यो लघुवित्तको सेयर प्रतिकित्ता ३८२.२० रुपैयाँमा किनबेच भएको छ।
पहिलो कारोबारका लागि नेप्सेले यो लघुवित्तलाई न्यूनतम ३४४.३६ रुपैयाँदेखि अधिकतममा १०३३.०८ रुपैयाँको ओपनिङ रेन्ज तोकेको थियो। नेप्सेले तोकेकै रेन्जभित्र पहिलो कारोबार भएकोले नियमित समयका लागि कारोबार खुलेको हो।
यो लघुवित्त आईपीओ गत शुक्रबार नेप्सेमा सूचीकृत भएको थियो। नेप्सेमा यो लघुवित्तको कुल १२ लाख १६ हजार ४१८ कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ८ लाख २१ हजार ८२ कित्ता र सर्वसाधारणको ३ लाख ९५ हजार ३३६ कित्ता छन्।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19