काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बिहीबार (वैशाख १५ गते) बाँडफाँड हुने भएको छ।
धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार बिहीबार बिहान ९ बजे सिवाईसी नेपाल लघुवित्तको आईपीओ बाँडफाँड हुनेछ। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ बजे ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा राखिएको छ। यो आईपीओको प्रि–अलटमेन्टको काम सोमबार सकिएको छ।
यो लघुवित्तले गत वैशाख २ गतेदेखि ६ गतेसम्म चुक्तापुँजीको ३२.५० प्रतिशतले हुन आउने ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँबराबरको आईपीओ बिक्री गरेको थियो। जसअनुसार १०० अंकित दरका कुल ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ जारी गरिएको थियो।
कुल कित्तामध्ये जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने ६ हजार ८२ कित्ता सेयर कर्मचारीमा र ५ प्रतिशतले हुन आउने १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषमा बाँडफाँड गरी बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएको थियो।
यो आईपीओमा निष्कासनको अन्तिम दिन साँझ ५ बजेसम्म २२ लाख ७७ हजार ७४३ आवेदकले २ करोड ५६ लाख ८८ हजार ४५० कित्ता खरिदका लागि आवेदन दिएका छन्। जुन मागभन्दा ६९.५२ गुणाले बढी हो। यद्यपि प्रिअलटमेन्ट भइसकेकोले यो तथ्यांकमा केही हेरफेर हुन सक्छ।
मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसअनुसार भाग्यमानी ३६ हजार ९४८ जना १० कित्ताका दरले सेयर पाउनेछन्। तिनै भाग्यमानीमध्ये ८ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्।
यो आईपीओलाई धितोपत्र बोर्डले गत चैत ९ गते निष्कासनको अनुमति दिएको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago