काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी) को हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ। 

यसका लागि सीआईटीका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र आरबीबी मर्चेन्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। 

नागरिक लगानी कोषले १ कित्ता सेयरबराबर ०.८२८४ अर्थात १ः०.८२८४ को अनुपातमा सेयरधनीलाई हकप्रद जारी गर्ने भएको छ। सीआईटीले प्रतिसेयर रु. १०० अंकित दरका रु. १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २०० रुपैयाँबराबरको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो।