cedb hydro fund limited
काठमाण्डौ । क्लिन इनर्जी डेभलपमेन्ट बैंक(सीइडीबी) लिमीटेडले स्थापना गरेको सीईडीबी हाइड्रो फण्डले १७ करोड ६१ लाख मूल्य बराबरको आइपीओ जारी गर्ने तयारी थालेको छ ।
कम्पनीको असार ८ गते सम्पन्न विशेष साधारणसभाले आफ्ना सेयरधनीलाई हकप्रद दिने प्रस्ताव पारित गरेको थियो । सो सँगै कम्पनीको चुक्तापूँजी ५८ करोड ७० लाखबाट बढेर ७६ करोड ३१ लाख पुग्ने बताइएको छ ।
हकप्रद जारीपछि कम्पनीले १७ करोड ६१ लाख बराबरको आइपीओ सर्वसाधारणमा जारी गर्ने बताइएको छ । एनसिएम मर्चेन्ट कम्पनी आइपीओका लागि बिक्री प्रबन्धक नियुक्त भएको छ ।
यो कम्पनीले केही असार ७ गते नेपाल विद्युत प्राधिकरणसँग ५ मेगावाट क्षमताको रुकुमगढ हाइड्रोपावर प्रोजेक्टको विद्युत खरीद सम्झौता समेत गरिसकेको छ ।
यो कम्पनीले सर्वसाधारणका लागि ११ मेगावाट क्षमताको खारे खोला हाइड्रो प्रोजेक्टमा लगानीको अवसरका लागि अफर गरेको बताइएको छ ।
कम्पनीले आगामी दिनमा १२ मेगावाटको दोर्दी १ हाइड्रोपावर प्रोजेक्ट निर्माण गर्दैछ भने ४५ मेगावाट क्षमताको कसुवा खोला हाइड्रोपावर प्रोजेक्टमा लगानीका लागि समेत अध्ययन थालेको बताइएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago