 
                     
                                
                             
                                    काठमाण्डौ । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज मंगलबार (वैशाख २१ गते) अन्तिम दिन रहेको छ।
सीईडीबीले १०० रुपैयाँ अंकित दरका कुल २५ लाख १८ हजार २३० कित्ता आईपीओ निष्कासन गरेको छ। यो कुल २५ करोड १८ लाख २३ हजार रुपैयाँबराबरको रहेको हो।
आईपीओको कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ५० हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने १ लाख २५ हजार ९११ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी २३ लाख ४१ हजार ९५४ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २५ लाख १८ हजार २३० कित्ताका लागि आवेदन दिन सक्नेछन्। यो आईपीओमा सर्वसाधारणले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सकिनेछ।
सीडीएससीका अनुसार सोमबार साँझ सवा ५ बजेसम्म यो आईपीओमा १५ लाख ३६४ आवेदकबाट कुल २ करोड ३० लाख ७३ हजार २०० कित्ता खरिदका लागि आवेदन परेको छ। जुन मागभन्दा ९.८ गुणाले बढी आवेदन हो।
धितोपत्र बिक्री प्रबन्धकमा भने सनराइज क्यापिटल लिमिटेड रहेको छ।
यो आईपीओ कम्पनीको चुक्तापुँजीको ३० प्रतिशतबराबरको हुन आउँछन्। आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी ८३ करोड ९४ लाख रुपैयाँ बढी पुग्नेछ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19