काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सहायक कम्पनी सीबीआईएल सेक्युरिटिज लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभा कम्पनीको सञ्चालक समितिको अध्यक्ष सप्तमान बज्राचार्यको अध्यक्षतामा सम्पन्न भएको हो । 

साधारण सभाबाट कम्पनीको आर्थिक वर्ष २०७५/७६ देखि आर्थिक वर्ष २०७९/८० सम्मको वासलात, नाफा नोक्सान हिसाब लगायत अन्य वित्तीय विवरण स्वीकृत भएको छ ।

साथै कम्पनीको सञ्चालक समितिमा चार जना सञ्चालकहरू रामधन श्रेष्ठ, सप्तमान बज्राचार्य, सिजु शाक्य र सृजेश ज्ञवाली निर्विरोध निर्वाचित भएका छन् ।