काठमाण्डौ । भारतमा पहिलोपटक देखिएको कोरोनाको नयाँ भेरियन्टबाट बच्नका लागि फाइजर र एस्ट्राजेनेकाको कोरोनाविरुद्धको खोप पूर्ण रुपमा प्रभावकारी रहेको पाइएको छ।

बेलायतमा भएको एक अध्ययनले यस्तो तथ्य सार्वजनिक गरेको हो। अध्ययनको नतिजाअनुसार यी दुवैमध्ये जुनसुकै खोपको २ डोज भारतमा देखिएको भेरियन्टविरुद्ध प्रभावकारी हुने देखिएको हो। 

बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले यो नतिजालाई ठूलो उपलब्धि प्राप्त भएको बताएका छन्। उनले भने, ‘यीमध्ये एउटा खोप लगाएका लागि अस्पताल भर्ना गर्नुपर्ने अवस्था नै सिर्जना भएन।’

फाइजरको खोपको दोस्रो डोज दिइएको २ हप्तापछि भारतमा देखिएको बी.१.६१७ भेरियन्टबाट संक्रमित सिन्प्टोम्याटिक (लक्षण भएको) बिरामीमा ८८ प्रतिशतसम्म प्रभावकारी पाइएको अध्ययनले देखाएको छ। त्यस्तै एस्ट्राजेनेकाको भ्याक्सिनको दोस्रो डोज २ हप्तापछि यो भेरियन्टविरुद्ध ६० प्रतिशतसम्म असरदार देखिएको अध्ययनमा दाबी गरिएको छ।

गत अप्रिल ५–१६ मेबीच भएको यस अध्ययनलेमा लगभग १२ हजार ६७५ जिनोम–सिक्वेसिङ भएका मामिलाहरु समावेश गरिएको थियो। जसमा भारतीय भेरियन्टबाट संक्रमित भएका १ लाख ५४ हजार मानिसलाई सहभागी गराइएको थियो। – एजेन्सी