काठमाण्डौ । सुपर हेवा पावर कम्पनी लिमिटेडले साढे ११ करोड रुपैयाँ बढीको आईपीओ जारी गर्ने भएको छ।
कम्पनीले ११ करोड ५४ लाख ३६ हजार रुपैयाँबराबरको आईपीओ बिक्री गर्न लागेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ११ लाख ५४ हजार ३६० कित्ता आईपीओ जारी गर्नेछ।
सुपर हेवा पावरले आईपीओ बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ।
बिक्री प्रबन्ध गर्नेसम्बन्धी सम्झौतापत्रमा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र सुपर हेवा पावरका तर्फबाट अध्यक्ष हर्क बहादुर तामाङले हस्ताक्षर गरेका छन्।
सुपर हेवा पावर कम्पनीको संखुवासभा जिल्लाको चैनपुर नगरपालिकामा ६ मेगावाट क्षमताको जलबिद्युत आयोजना निर्माणाधीन अवस्थामा रहेको छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19