काठमाण्डौ । सुर्खेतको पन्चपुरी नगरपालिकास्थित जनता मावि विद्यापुर क्वारेन्टाइनमा बसेर घर फर्किएका १९ वर्षे एक युवकको बिहीबार बिहान मृत्यु भएको छ।
पन्चपुरी नगरपालिका वडा नम्बर १ का ती युवकको घरमै मृत्यु भएको हो। गत जेठ ७ गते भारतबाट आएका उनलाई जनता मावि विद्यापुरको क्वारेन्टिनमा राखिएको थियो।
ती युवकलाई बुधबार दिउँसो ३ बजेतिर घर फर्किइएको थियो। उनको बिहीबार बिहान २ बजेति निधन भएको जानकारी आएको पन्चपुरी नगरपालिकाका मेयर उपेन्द्रबहादुर थापाले जानकारी दिए। उनका अनुसार ती युवकको स्वाब पुनः संकलन गरेर सदरमुकाम वीरेन्द्रनगर पठाउने तयारी भइरहेको छ।
मेयर थापाका अनुसार जनता मावि विद्यापुरको क्वारेन्टाइनमा ५४ जना थिए। यसअघि उनीहरुको कोरोना परीक्षण गर्दा तीनजनालाई पोजेटिभ देखिएको थियो भने ती युवकको रिपोर्ट नेगेटिभ आएको थियोे।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago