काठमाण्डौ। पश्चिम सुर्खेतमा क्वारेन्टाइनबाट घर फर्किएका २० वर्षे युवकको कोरोनाले मृत्यु भएको पुष्टि भएको छ।
आरडीटी नेगेटिभ आएपछि घर फर्किएका ती युवकको बिहीबार बिहान मृत्यु भएको थियो। उनी पञ्चपुरी नगरपालिका-१ हाँसेका बासिन्दा थिए।
कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयको प्रयोगशालामा गरिएको परीक्षणमा ती युवकको स्वाबको नतिजा शुक्रबार बिहान पोजेटिभ आएको हो।
ती युवक यही जेठ ७ गते भारतबाट घर फर्किएका थिए। उनलाई सोही दिनदेखि गाउँकै जनता माविको क्वारेन्टाइनमा राखिएको थियो।
आरडीटी जाँच गर्दा नेगेटिभ आएपछि २१ गते दिउँसो घर गएका उनको सोही दिन राति भएको वडाध्यक्ष धनबहादुर थापाले बताए। शव व्यवस्थापन गर्न (दाहसंस्कार गन) वीरेन्द्रनगरबाट सेनाको टोली आउने तयारी भइरहेको उनले जानकारी दिए।
यसअघि ती युवकसँगै जनता माविको क्वारेन्टाइनमा ५४ जना थिए। उनीहरुको कोरोना परीक्षण गर्दा तीनजनामा कोरोना पोजेटिभ देखिएको थियो। युवकको रिपोर्ट भने नेगेटिभ आएको थियो।
योसँगै कर्णालीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई पुगेको छ। यसअघि दैलेखमा क्वारेन्टाइनमै मृत्यु भएका युवकमा पनि कोरोना पुष्टि भएको थियो।
योसँग नेपालभर भने कोरोनाले मृत्यु हुनेको संख्या ११ पुगेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago