काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १ अर्ब २४ करोड खूद बिमा शुल्क आर्जन गरेको छ । 

अघिल्लो वर्षको यही अवधिमा कम्पनीले १ अर्ब २२ करोड बिमा शुल्क आर्जन गरेको थियो । 

बिमाशुल्क आर्जनमा सामान्य प्रगति गरेको यो कम्पनीले ३३ करोड ६२ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीले ३१ करोडमा सीमित थियो । 

समीक्षा अवधिमा कम्पनीले पुनर्बिमा कमिसनबाट २८ करोड २४ लाख, लगानी, कर्जा तथा अन्यबाट १३ करोड ५५ लाख आम्दानी गरेको छ । अघिल्लो वर्षको यही अवधिमा पुनर्बिमा कमिसनबाट २५ करोड ७७ लाख र लगानी कर्जा तथा अन्यबाट १० करोड ९४ लाख आम्दानी गरेको थियो । 

यो अवधिमा कम्पनीले ७४ करोड १० लाख दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष ५५ करोड ७० लाख दाबी भुक्तानी गरेको थियो ।

कम्पनीको बिमा कोषमा १ अर्ब १ करोड जम्मा भएको छ भने महाविपत्ति कोषमा ५ करोड २९ लाख र जगेडा तथा कोषमा ४१ करोड ९ लाख जम्मा भएको छ । अघिल्लो वर्षको यही अवधिमा बिमा कोषमा ७९ करोड ४ लाख, महाविपत्ति कोषमा ५ करोड २९ लाख नै र जगेडा तथा कोषमा १ करोड ८२ लाख जम्मा भएको थियो । 

कम्पनीले बिमालेखको संख्या सामान्य हिसाबले मात्र बढाएको देखिन्छ । अघिल्लो वर्षको यही अवधिसम्म २ लाख १५ हजार ६०२ बिमालेख जारी गरेको कम्पनीले समीक्षा अवधिसम्म ३०७ वटा बिमालेख मात्र थपेको छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४२.९९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २४०.२७ रुपैयाँ र मूल्य आम्दानी अनुपात २०.६१ गुणा कायम भएको छ ।