काठमाण्डौ । सूचिकृत कम्पनीहरुको लापरबाहीको हद नाघ्न थालेको छ । उनीहरुको लापरबाही, उदासीनता र बेवास्ताको शिकार दयनीय बन्दै आएको बजार र त्यहाँ राम्रो प्रतिफलको आशा गरेर लगानी गरिरहेका लगानीकर्ताहरु बन्नु परेको छ ।
धितोपत्र सूचिकरणको वार्षिक शुल्क नबुझाएका कारण नेप्सेले आइतबार ३ वटा ८२ कम्पनीको कारोबार नै स्थगितको कारबाही गरेपछि यसको सोझो असर दोश्रो बजारमा परेको हो ।
माइक्रोफाइनान्स, होटल, ट्रेडिङ, उत्पादन तथा प्रशोधन, विकास बैंक, बिमा, बित्त र जलविद्युत तथा अन्य समूहका विभिन्न गरी ८२ वटा कम्पनीले समयमै वार्षिक शुल्क नबुझाएको उल्लेख गर्दै नेप्सेले एकैपटक सबैलाई कारबाही गरी तिनको सेयर कारोबार स्थगित गरेपछि यसले आइतबारको कारोबार रकममा पहिरो ल्याएको छ ।
यो दिन कारोबार रकम घटेर ११ करोडमा सीमित बन्न पुग्यो । ८२ वटा कम्पनीको कारोबार हुन नपाएको यो दिन नेप्से परिसूचक पनि ४.०३ अंकले घटेर ११३३.७१ को विन्दूमा सीमित हुन पुग्यो ।
बलिया र राम्रा कम्पनीको सेयरमा बिक्री चाप देखिएका कारण सेन्सेटिभ इण्डेक्स ०.७७ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.३२ अंकको गिरावट देखियो ।
यो दिन बजारका सबै समूहका उपसूचकहरुमा रातो पोतियो ।
बैंकिङ समूह ३.९३ अंकले घटेको यो दिन विकास बैंक समूहमा २.६६ अंक, होटल समूहमा ५.७ अंक, जलविद्युत समूहमा २.०५ अंक, वित्त समूहमा ०.३४ अंक, निर्जीवन बिमा समूहमा १६.७३ अंक, उत्पादन तथा प्रशोधन समूहमा १३.३३ अंक, माइक्रोफाइनान्स समूहमा २.५५ अंक, जीवन बिमा समूहमा २३.३७ अंक, अन्य समूहमा २.७२ अंक र म्युचुअल फण्ड समूहमा ०.३१ अंकको गिरावट आयो ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १२८ कम्पनीका ४ लाख २१ हजार ४७४ कित्ता सेयर ११ करोड ३३ लाख५९ हजार ९५६ रुपैयाँमा किनबेच भएको छ ।
प्रभू बैंकले सबैभन्दा बढी १ करोड ९ लाख बढीको कारोबार गरेको छ।
एभरेष्ट बैंकले ७३ लाख, नेपाल बैंकले ५४ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ४९ लाख, एनआइसी एशियाले ४८ लाख, कृषि विकास बैंकले ४५ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले ३६ लाख, सिद्धार्थ बैंकले ३५लाख, रसुवागढी जलविद्युत आयोजनाले ३३ लाख र नवील बैंकले ३१ लाख बढीको कारोबार गरेका छन् ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन एनआइबिएल प्रगति फण्डका इकाईधनीले सबैभन्दा धेरै कमाए । यो स्किमको इकाई मूल्यमा ४ प्रतिशतको हाराहारीले बढोत्तरी भयो ।
सिनर्जी पावर डेभलपमेन्ट लिमीटेडका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ५.३३ प्रतिशतले घट्यो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19