काठमाण्डौ । दोस्रो बजारमा बिहबिार कारोबार सुरु भएको १ घन्टामै सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूलमा उछाल आएपछि पोजेटिभ सर्किट लागेको छ । 

कारोबार सुरु भएको १ घन्टामै कम्पनीको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा बढोत्तरी आएपछि पोजेटिभ सर्किट लागेको हो । कम्पनीको सेयर प्रतिकित्ता बिहीबार ७२ रुपैयाँले बढेर ७९३ रुपैयाँ पुगेको छ । बुधबार कम्पनीको अन्तिम सेयरमूल्य प्रतिकित्ता ७२१ रुपैयाँ थियो । 

यो समाचार तयार पार्दासम्म मार्केट डेप्थमा सूर्योदय लघुवित्तको १०० कित्ता सेयर खरिद पोस्ट भएको छ भने बिक्रीतर्फ १५२ कित्ता पोस्ट भएको छ । यसले सूर्योदय लघुवित्तको सेयर किन्नेभन्दा पनि बेच्ने चाप बढी रहेको देखाउँछ ।