काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक र त्रिपुरेश्वर, काठमाण्डौंस्थित ब्लु क्रस अस्पताल प्रा.लि. बीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धी सम्झौता भएको छ । बैंकले आफ्ना खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा संस्थापक सेयरधनीहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको छ ।
सम्झौताअनुसार बैंकका खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका संस्थापक सेयर धनीहरुले अस्पतालको प्याथोलोजी, अल्ट्रासाउन्ड, सीटी स्क्यान,अपरेशन, रेडियोलोजी, बेड चार्ज तथा अन्य जांचमा १२ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
उक्त सम्झौतापत्रमा बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटी र ब्लु क्रस अस्पताल प्रा.लि.का कार्यकारी ब्यवस्थापन समितिका सदस्य सचिव रजतकृष्ण श्रेष्ठले हस्ताक्षर गरे ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago