काठमाण्डौ । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएका एक व्यक्तिको शुक्रबार बिहान मृत्यु भएको छ।

कैलालीको गौरीगंगा नगरपालिका वडा नं. ७ का ५० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ। उनी मंगलबार साँझमात्र भारतको महाराष्ट्रबाट आएका थिए। आउनेबित्तिकै उनलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो। 

‘भारतबाट आएका ती व्यक्तिमा श्वासप्रश्वासलगायतका स्वास्थ्य देखिएपछि अस्पताल भर्ना गरिएको थियो। अस्पतालमा गरिएको र्यापिड टेस्टमा ती व्यक्तिमा कोरोना नतिजा नेगेटिभ आएको थियो। 

अस्पतालका स्रोतका अनुसार ती व्यक्तिको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ। स्वाब नतिजा आएपछि मात्र ती व्यक्तिमा कोरोना संक्रमण थियो वा थिएन भन्ने पुष्टि हुने अस्पतालले जनाएको छ।