काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेन्ट्रल फाइनान्सको बोनस सेयर सूचीकृत भएको छ।

नेप्सेमा सेन्ट्रल फाइनान्सको ७ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो। कम्पनीको ५ लाख ७६ हजार ३७८.५०१३ कित्ता बोनस सेयर सूचीकृत भएको छ।

कम्पनीले आर्थिक वर्ष २०७६÷७७ का लागि सेयरधनीहरुलाई कुल १० प्रतिशत लाभांश जारी गरेको थियो। जसमा ७ प्रतिशत बोनस सेयर र बाँकी ३ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।