काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडको करिब डेढ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ। 

विभिन्न संस्थापक सेयरधनीहरुका नाममा रहेको सेन्ट्रल फाइनान्सको १ लाख ४४ हजार ४९० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ। बिक्रीमा राखिएको सेयरमा सर्वसधारणले खरिद आवेदन दिन पाउनेछन्।

यसअघि संस्थापक सेयरधनीहरुलाई यी सेयर खरिदका लागि राखिएको कुनै आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ। बिक्रीमा राखिएको सेयर खरिदका लागि ३५ दिनभित्र कम्पनीको सेयर रजिस्ट्रार एनएमबि क्यापिटलको काठमाण्डौको लाजिम्पाटस्थित कार्यालयमा आवेदन दिन पनि कम्पनीले सूचित गरेको छ। 

संस्थापक रामप्रसाद अवाल, कृष्णप्रसाद बासुकला, नवीन प्रजापति, न्हुछेभक्त कुटुवाजु, लक्ष्मी सुन्दर अवाल, न्हुछेनारायण महर्जन, जितेन्द्र खायमली, गौरी शंकर कोजू, मित्रलाल खागी, कृष्णप्रसाद भुजू, गणेश व्रज बज्राचार्य र सानुकाजी बज्राचार्यको नाममा रहेको सेयर बिक्रीमा राखिएको छ।