काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष रमेशकुमार हमालले आइतबारबाट कार्यभार सम्हालेका छन्।
नवनियुक्त अध्यक्ष हमालले आज धितोपत्र बोर्ड पुगेर कार्यभार सम्हालेका हुन्। उनलाई धितोपत्र बोर्डका कर्मचारीहरुले स्वागत गर्नुका साथै सफल कार्यकालको शुभकामना दिएका छन्।
पदभार ग्रहण गर्दै अध्यक्ष हमालले आफू पुँजीबजार विस्तार र विकासका लागि काम गर्न आएको बताएका छन्। ‘पुँजीबजारको पछिल्लो अवस्थाबारे सरकार, धितोपत्र बोर्डलगायत सबै नियामक निकाय चिन्तित छन्’, उनले भने, ‘त्यसैले पुँजीबजार र आमलगानीकर्ताको हितलाई ध्यानमा राखेर काम गर्ने नै मेरो पहिलो प्राथमिकता हुनेछ।’
नियामकको काम नै नियमन गर्ने भएकोले आफूहरु सोहीअनुसार अगाडि बढ्ने अध्यक्ष हमालको भनाइ थियो। ‘साना लगानीकर्ताहरु लगानी सुरक्षित गर्ने जिम्मेवार नियामकको हो, त्यसैले उनीहरुको हितलाई ध्यानमा राखेर काम गरिनेछ’, उनले भने।
योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलको संयोजकत्वमा रहेको छनोट समितिले हमाललाई सेबोन अध्यक्षमा गत सोमबार सिफारिस गरेको थियो। गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकलाई उनलाई अध्यक्षमा नियुक्त गरेको हो। धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष भिष्मराज ढुंगाना शेयर खरिद प्रकरणमा दोषी ठहरिएर पदमुक्त भएपछि अध्यक्षमा हमाललाई नियुक्त गरिएको हो।
नवनियुक्त अध्यक्ष हमाललाई गत शुक्रबार अर्थ मन्त्रालयमा अर्थमन्त्री जनार्दनले सपथ ग्रहण गरेका थिए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19