काठमाण्डौ । कुनै पनि बैंक तथा वित्तीय संस्थाले ऋणपत्र निष्कासनका लागि सुरुमा नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अनुमति माग्नुपर्ने हुन्छ। त्यसका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाले ऋणपत्रको नाम, आकार, अवधि र त्यसमा लगानीकर्ताले पाउने ब्याज स्पष्ट रुपमा उल्लेख गर्नुपर्छ। यी कुरा स्पष्ट भएपछि मात्र धितोपत्र बोर्डले थप अध्ययन–अनुसन्धान गर्न बैंक तथा वित्तीय संस्थाले निष्कासन गर्न खोजेको ऋणपत्रलाई आफ्नो पाइपलाइनमा राख्छ।
तर धितोपत्र बोर्डको एउटा सानो गल्तीले आमलगानीमा कतिसम्म भ्रम र तनाव सिर्जना गर्न सक्छ भन्ने कुरा पछिल्लो उदाहरण बनेको छ, पाइपलाइनमा राखिएको गरिमा विकास बैंकको ऋणपत्रले स्पष्ट पारेको छ। गरिमा विकास बैंकको ऋणपत्र आज धितोपत्र बोर्डले आफ्नो पाइपलाइनमा राख्यो तर त्यसमा महत्वपूर्ण प्रभाव पार्ने सूचक धितोपत्र बोर्डले नराख्दा धेरै लगानीकर्ता अन्यौलमा परेका छन्।
गरिमा विकास बैंकले गत असार ११ गते रु. १ अर्बको ऋणपत्र निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दियो। तर बोर्डले आज गरिमा विकास बैंकको ऋणपत्र पाइपलाइनमा राख्दा अतिआवश्यक सूचक भने राख्न बिर्सियो। अर्थात यो ऋणपत्र कति वर्षको हो, कति ब्याजदरको हो र ऋणपत्रको नामक के हो ? भन्ने कुरा नै सूचनामा राखिएन। अझै सेक्टरमा विकास बैंक हुनुपर्नेमा कमर्सियल बैंकमा राख्दा धितोपत्र बोर्डको लापरबाहीले सीमा नाघेको प्रस्ट हुन्छ।
एक लगानीकर्ता गोपीकृष्ण गजुरेल यो हदैसम्मको लापरबाही भएको बताउँछन्। ‘हामी दिनदिनै बजारमा कुन आईपीओ, हकप्रद, ऋणपत्र वा म्युचुअल फन्ड आउँदैछ भनेर धितोपत्र बोर्डको वेबसाइटमा हेर्छौं तर यति ठूलो गल्ती नियामकबाटै हुन्छ भन्ने मलाई लागेको थिएन’, उनले भने, ‘यसले आमलगानीकर्ताप्रति धितोपत्र बोर्ड कति जबाफदेही छ त भन्ने कुरा प्रस्ट हुन्छ।’
धितोपत्र बोर्डका सहप्रवक्ता रुपेश केसीले ‘ह्युमन इरर’ का कारण यस्तो हुन पुगेको बताए। ‘यो सामान्य मानवीय गल्ती, हामी सच्चाउँछौँ’, केसीले भने। तर यो समाचार तयार पार्दासम्म धितोपत्र बोर्डले सच्चाएको छैन।
यसअघि धितोपत्र बोर्ड हतारमा निर्णय र सूचनाहरु प्रवाह गर्दा निकै आलोचित हुँदै आएको छ। केही समयअघि हचुवाका भरमा सारोकारवालासँग समन्वय नै नगरी ‘जोखिमपूर्ण’ भन्दै ५१ वटा कम्पनीको नामावली सार्वजनिक गर्दा धितोपत्र बोर्ड निकै आलोचित हुन पुगेको छ। धितोपत्र बोर्डको यो कार्यले अहिलेसम्म पनि बजार प्रभावित भइरहेको भन्दै लगानीकर्ता आक्रोशित हुँदै आएका छन्।
यस्तो रहेछ ऋणपत्रको वास्तविक विवरण
गरिमा विकास बैंकले रु. १ अर्बबराबरको ऋणपत्र निष्कास गर्न गत असार ११ गते धितोपत्र बोर्डमा आवेदन दिएको रहेछ। यो ऋणपत्रको नाम गरिमा विकास बैंक ऋणपत्र–२०८५ रहेछ। यो ऋणपत्र ७ वर्षे अवधिको रहेछ भने यसमा लगानीकर्ताले ८.७५ प्रतिशत ब्याज पाउने रहेछ।
बैंकले १ हजार अंकित दरका कुल १० लाख इकाइ भएको ऋणपत्र निष्कासन गर्न अनुमाति मागेको हो। यो ऋणपत्रको कुल इकाइमध्ये ६ लाख इकाइ व्यक्तिगत तबरबाट र ४ लाख इकाइ सार्वजनिक निष्कासनबाट बिक्री गरिने बैंकले जनाएको छ।
ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago