– रेखा चन्द

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष रमेशकुमार हमालले भर्खरै पत्रकार सम्मेलनमा बोलेका कुराप्रति असन्तुष्टि व्यक्त गर्दै लगानीकर्ताहरुले धितोपत्र बोर्ड गेटबाहिर धर्ना दिँदै नाराबाजी सुरु गरेका छन्। 

लगानीकर्ताहरुले अहिले गेटबाहिर धर्ना बस्दा धितोपत्र बोर्डका कर्मचारीहरु बाहिर निस्किन पाएका छैनन्। लगानीकर्ताहरुले धितोपत्र बोर्ड गेट छेकेर नाराबाजी गरिरहेका छन्। 

लगानीकर्ताहरु ‘धितोपत्र बोर्ड खारेज’, ‘मान्छे मार्न पाइँदै’ भन्नेजस्ता नारा लगाइरहेका छन्। 

यसअघि पत्रकार सम्मेलनमा अध्यक्ष हमालले लगानीकर्ताहरुले उठाएका अधिकांश माग कार्यान्वयनको चरणमा रहेको बताएका थिए। उनले लगानीकर्ताहरुले उठाएको अधिकांश माग कार्यान्वयन धितोपत्र बोर्ड लागिपरेकोले आन्दोलनमा उत्रिएका लगानीकर्ताहरुलाई साथ दिने आह्वान गरेका थिए।