काठमाण्डौ । सेबोनले आज कात्तिक २४ गतेदेखि लागू हुने गरी ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९’ लागू गरेसँगै रोक्का रहेका ३५ वटा कम्पनीको सेयर कारोबार आइतबारदेखि खुल्ने प्रक्रिया सुरु हुने भएको छ। 

निर्देशिकामा दफा १३ गरिएको सेयर कारोबार फुकुवासम्बन्धी विशेष व्यवस्थामा यो प्रावधान राखिएको हो। विशेष व्यवस्थामा उल्लेख भएअनुसार यो निर्देशिका लागू हुनुअघि गाभ्ने, गाभिने र प्राप्ति प्रक्रियामा रहेका कारण सेयर कारोबार रोक्का रहेका संगठित संस्थाको आधारभूत सेयरधनीबाहेक अन्य सेयर कारोबार फुकुवा हुने व्यवस्था गरएको छ।

आधारभूत सेयरधनीबाहेकका सेयरधनीको सेयर कारोवार फुकुवा गर्न संगठित संस्थाले आधारभूत सेयरधनीको विवरणसहित धितोपत्र बजार र केन्द्रीय निक्षेप सेवा प्रदायक संस्थासमक्ष निवेदन दिनुपर्नेछ। निवेदनका आधारमा धितोपत्र बजार तथा केन्द्रीय निक्षेप सेवा प्रदायक संस्थाले संगठित संस्थाको आधारभूत सेयरधनीबाहेकको सेयर कारोबार तत्काल खोल्ने व्यवस्था गर्नुपर्नेछ।

हाल मर्जर प्रयोजनका लागि ८ वटा वाणिज्य बैंकसहित वटा कम्पनीको सेयर कारोबार नेप्सेले रोक्का गरेको छ। अब आइतबारबाट ती कम्पनीहरुको निवेदनमा नेप्सेले कारोबार फुकुवा गर्नुपर्नेछ। 

मर्जर प्रयोजनका लागि हाल ८ वटा वाणिज्य, ८ वटा जीवन बीम कम्पनी, १० वटा लघुवित्त, ८ वटा निर्जीवन बीमा कम्पनी र एउटा फाइनान्स कम्पनीको सेयर कारोबार रोक्का रहेको छ। 

लामो समयदेखि मर्जर प्रयोजनका लागि सेयर कारोबार रोक्का हुँदा लगानीकर्ताको सम्पत्ति बन्धक हुँदै आएको थियो। अब भने मर्जर प्रयोजनका लागि बढीमा १५ दिनमात्रै सेयर कारोबार रोक्का राख्ने व्यवस्था पनि सेबोन निर्देशिकामा गरिएको छ। 

यो व्यवस्थालाई लगानीकर्ताहरुलाई धेरै राहात मिल्ने र बजार विकासका लागि टेवा पुग्ने बजार जानकारहरु बताउँछन्। 

यी हुन् मर्जर प्रयोजनका लागि हाल सेयर कारोबार रोक्का रहेका कम्पनीहरु–