काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप ११ वटा नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेको छ। 

सेबोन सञ्चालक समितिको बिहीबार बसेको बैठकले थप ११ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स दिने निर्णय गरेको हो। योसँगै नयाँ ब्रोकर लाइसेन्स पाउने कम्पनीको संख्या २९ पुगेको छ। 

सेबोनले बिहीबार मिल्की वे सेयर ब्रोकर कम्पनी, क्यापिटल हब, आकाशभैरव सेक्युरिटी, पाही इन्भेस्टमेन्ट, एसपीएसए सेक्युरिटिज, एनएमबि सेक्युरिटिज, सानिमा सेक्युरिटिज, इन्दिरा सेक्युरिटिज, ब्लुचिप सेक्युरिटिज र गरिमा सेक्युरिटिज छन्। 

यसअघि सेबोनले ४३ कम्पनीहरुलाई ब्रोकर लाइसेन्सका लागि आशयपत्र दिएको थियो । अब १४ वटा कम्पनी ब्रोकर लाइसेन्सको पर्खाइमा छन्। 

सेबोनले यसअघि ब्रोकर लाइसेन्स प्रदान गरेको १८ वटा कम्पनीमध्ये ७ वटाले नेपाल स्टक एक्सचेन्जबाट कारोबार सदस्यता लिई सेवा सञ्चालन गरिसकेका छन्। एउटा कम्पनी मर्जरमा गएकोले बाँकी १० वटा कम्पनीलाई कारोबार सदस्यता प्रदान गर्न नेप्सेले प्राविधिक र भौतिक पूर्वाधारबारे अध्ययन गरिरहेको छ।