काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा कात्तिक मध्यसम्म २३ वटा कम्पनीका बोनस सेयर दर्ता भएका छन्। 

सेबोनमा ११ वटा लघुवित्त, ५ वटा निर्जीवन बीमा कम्पनी, ४ वटा जलविद्युत, फाइनान्स र विकास बैंक  एक÷एक तथा नागरिक लगानी कोषको बोनस सेयर सूचीकृत भएको हो। 

सेबोनमा ती कम्पनीका कुल २ अर्ब ८ करोड ११ लाख ३५ हजार ४३१.५० रुपैयाँबराबरको बोनस सेयर दर्ता भएका हुन्। अर्थात्, सेबोनमा ती कम्पनीका कुल २ करोड ८ लाख ११ हजार ३५४.३२ कित्ता बोनस सेयर दर्ता भएका छन्। 

यीमध्ये धेरैजसो कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका छन्। केहीको मात्रै नेप्सेमा सूचीकृत हुन बाँकी छ। 

सेबोनमा दर्ता भएका अधिकांश बोनस सेयर आर्थिक वर्ष २०७६÷७७ को छ। केही कम्पनीको मात्रै आर्थिक वर्ष २०७७÷७८ को बोनस सेयर रहेका छन्। 

सेबोनमा दर्ता भएका बोनस सेयरहरु –