काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बैंकहरुमा मुद्दति खातामा लगानी गर्ने भएको छ।
सेबोनले आज एक सूचना प्रकाशित गर्दै सेबोनमा रहेको लगानीयोग्य रकम वाणिज्य बैंकहरुमा मुद्दति खातामा लगानी गर्ने जनाएको छ। यसका लागि आफूले दिन सक्ने एकवर्षे ब्याज दरसहित इच्छुक वाणिज्य बैंकले यो सूचना प्रकाशित भएको मितिले ५ दिनभित्र आवश्यक कागजातसहित सिलबन्दी प्रस्ताव पेस गर्न आग्रह गरेको छ।
प्राप्त सिलबन्दी प्रस्तावहरु सेबोनले प्रस्ताव पेस गर्ने अन्तिम दिन अपराह्न ४ः१५ बजे सेबोनको खुमलटारस्थित कार्यालयमा खोल्नेछ।
लगानीसम्बन्धी अन्तिम निर्णय सेबोनको हुने सूचनामा प्रस्ट पारिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19