काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) आफ्नो वार्षिकोत्सवमा यसपालि पनि धितोपत्र बजार तथा वस्तु विनियम बजारसम्बन्धी स्नातकोत्तर तथा एमफिल तहका विद्यार्थीले तयार पारेको शोधपत्र (थेसिस) लाई पुरस्कृत गर्ने भएको छ।

सेबोनले आफ्नो ३० औँ वार्षिकोत्सवमा उत्कृष्ट शोधपत्रलाई पुरस्कृत गर्ने निर्णय गरेको हो। यसअघि पनि सेबोनले आफ्नो वार्षिकोत्सवमा धितोपत्र बजारसम्बन्धी उत्कृष्ट शोधपत्रलाई पुरस्कृत गर्दै आएको थियो। 

यसका लागि सेबोनले आफ्नो शोधपत्र सेबोनमा पेस गर्न आह्वान पनि गरेको छ। यसका साथै यससम्बन्धी सूचना शोधकर्ता विद्यार्थीहरुसमक्ष प्रवाह गरिदिन सेबोनले सम्बन्धित सम्पूर्ण विश्वविद्यालय, क्याम्पस, संकाय तथा अन्य सम्बन्धित पक्षहरुलाई आग्रह गरेको छ। 

यस्ता छन् सर्तहरु

  • अध्ययनका उद्देश्यहरु तथा अध्ययनले सम्बोधन गरेका मुद्दाहरुको स्पष्टता तथा सान्र्दभिकता, अध्ययनका लागि उपयोग गरिएको विधिको उपयुक्तता तथा स्तरीयता, जानकारी तथा तथ्यांकको विश्लेषण, अध्ययनको निष्कर्ष तथा धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी सिद्धान्त तथा अभ्यासमा हुनुपर्ने सुधारका लागि सुझाव समावेश भएको मौलिक शोधपत्रहरुलाई प्राथमिकता दिइनेछ।
  • शोधपत्रकर्ताले उक्त शोधपत्र अन्य कुनै निकायमा कुनै प्रतियोगितामा भाग लिई पुरस्कार प्राप्त गरेको अथवा अन्य कुनै निकायबाट शोधपत्र तयार गर्न अनुदान नलिएको हुनुपर्नेछ।
  • शोधपत्र नेपालका विश्वविद्यालय वा उक्त विश्वविद्यालयबाट सम्बन्धन प्राप्त शैक्षिक संस्थाबाट जनवरी २०२० देखि डिसेम्बर २०२१ मा सम्पन्न गरेको हुनुपर्नेछ।
  • शोधपत्र पेस गर्दा सम्बन्धित सुपरीवेक्षक तथा क्याम्पस÷संकायको सिफारिसका साथैबोर्डको वेवसाइटमा उपलब्ध स्वघोषणा संलग्न गरी शोधकर्ताले निवेदनसहित यस बोर्डमा पेस गर्नुपर्नेछ।
  • शोधपत्र तथा माथि उल्लेखित अन्य कागजात २०७९ वैशाख मसान्तसम्म बोर्डमा पेस गर्नुपर्नेछ। सो पेस गर्दा हुलाकमार्फत वा स्वयं उपस्थित भई तल उल्लेखित ठेगानामा शोधपत्र बुझाउन सकिनेछ। शोधपत्रको एकप्रति सफ्टकपी बोर्डको इमेल research@sebon.gov.np मा समेत पठाउनुपर्नेछ।
  • उत्कृष्ट शोधपत्रहरुको घोषणा बोर्डको ३० औँ वार्षिकोत्सव समारोहमा हुनेछ र उक्त समारोहमा नै उत्कृष्ट शोधकर्ताहरुलाई पुरस्कृत गरिनेछ।
  • शोधपत्र परीक्षणसम्बन्धी सम्पूर्ण अधिकार बोर्डमा निहीत रहनेछ।
  • यससम्बन्धी थप जानकारीका लागि बोर्डको फोन नं. ०१–५५४१०५७ मार्फत धितोपत्र तथा वस्तु विनिमय अनुसन्धान महाशाखामा सम्पर्क गर्न सकिनेछ।